पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रद भर्न छुट्यो की ? आज अन्तिम मौका

Feb 18, 2018 merolagani

पोखरा फाइनान्स लिमिटेड (PFL) ) ले पुस ३० गते आईतबारदेखि बिक्री खुला गरेको १५ प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यका ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले फाइनान्सको हकप्रदको लागि आवेदन दिन पाउनेछन् । हकप्रद निष्कासन बन्द हुने मिति फागुन ६ गते रहेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा पोखरा फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले एफपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार कायम भएको छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ७५ करोड ४१ लाख पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।