प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

Feb 18, 2018 merolagani

प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकम (NTC) ले ‘फ्रिडम प्याक’ अफर ल्याएको छ । यो अफर अन्तर्गत फ्रिडम प्याक लिएको समयबाट एक घण्टासम्म अनलिमिटेड रुपमा उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।



सो प्याक आजदेखि देखि आगामी मंगलबारसम्म खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ । तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

जीएसएम तथा सीडीएमएका ग्राहकले प्याक खरिद गरे पछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क्भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने बताइएको छ प्याकको २५ रुपैयाँ पर्ने पनि बिज्ञप्तीमा उल्लेख छ ।

प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415*8# डायल गर्न वा FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।