सेयर बजारको वृद्धि टिकेन,नाफा सुरक्षित गर्नेहरु हाबी हुँदा बजार नकारात्मक

Feb 18, 2018 merolagani

देउवा सरकार बर्हिगमन भएर ओली सरकार गठन भएको दिन ३६ अंकले बढेको सेयर बजारमा आइतबार भने दोहोरो अंकको गिरावट आएको छ । निरन्तर ओरालो लागेर १३८० अंकसम्म पुगेको बजार गत विहीबार एक्कासी उच्च अंकले बढेपछि तल्लो विन्दुमा सेयर खरिद गर्नेहरु सक्रिय हुँदा बजारमा नकारात्मक प्रभाव परेको छ ।



आइतबार ११.०५ अंकले घटेर १४१३.९० विन्दुमा झरेको छ । कारोबारमा आएका अधिकांस समूह ओरालो लागेपछि समग्र बजार ओरालो लागेको हो । नेप्सेमा आएको गिरावट सँगै कारोबार रकम समेत घटेको छ । यसदिन १५९ कम्पनीको ५९ करोड ०६ लाख रुपैयाँको भएको छ । गत बिहीबार ६६ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको थियो।

गत विहीबार स्थायी सरकार गठन हुने भएपवछि शेयर बजार ह्वात्तै बढेको थियो तर सरकार र सरकारमा साझेदार गर्ने दलहरुबीचको वार्ताको क्रमनै जारी रहेकाले लगानीकर्तामा अन्योलता पैदा भएको लगानीकर्ताको आँकलन छ । अर्कातर्फ निरन्तर घटेको बजार एक्कासी बढेपछि नाफा सुरक्षित गर्नेहरु पनि बजारमा सक्रिय हुँदा बजारमा बिक्रीको चाप बढ्न जादा नेप्से ओरालो लागेको हो ।

त्यस्तै विगतमा कम्पनीहरुले वितरण गरेका हकप्रद र बोनस सूचिकरणले बजारमा आपूर्ति निरन्तर बढीरहेको छ । जसले गर्दा बजारमा सेयर संख्या धेरै भएको छ । जसको अनुपातमा बजारमा नयाँ लगानीकर्ता थपिन सकेका छैनन् । अर्कातर्फ बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चुलिएको छ । लगानीयोग्य पुँजी अभावमा बैंकहरुले चर्को ब्याज दिएर निक्षेपकर्ता तानिरहेका छन् । यसको असर पुँजी बजारमा पर्दै आएको छ ।

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। बोटलर्स नेपालका शेयरधनीले सबैभन्दा धेरै ४.०२ प्रतिशतले कमाएको बजारमा प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले ७.५ प्रतिशतले गुमाएका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।