नेपाल बैंकले बुधबारदेखि बुक क्लोन गर्ने

Feb 18, 2018 Merolagani

नेपाल बैंक (NBL) ले ५८ औं बार्षिक साधारण सभाका लागि फागुन ९ गतेदेखि २५ गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार बैंकको फागुन ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सरकारका ६२ प्रतिशत सेयर स्वामित्व रहको नेपाल बैंकले सरकारको स्वामित्व ५१ प्रतिशतमा झार्न प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर (एफपिओ) निष्कासन गर्ने प्रस्ताव सहित फागुन २५ गते साधारणसभा डाकेको छ ।

बैंकले सरकारको सेयर संख्या नघट्ने गरि एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्ने भएको हो । एफपिओ पश्चात बैंकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । 

सभाले एफपिओको निष्काशन गर्न अपनाउनुपर्ने सम्पूर्ण विधि, प्रकृया र मूल्य निर्धारण, धितोपत्र निष्कासन गर्ने बिक्री प्रवन्धक तोक्ने लगायतका प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने भएको छ ।

त्यस्तै गत आर्थिक वर्षको वासलात पारित गर्नेदेखि लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।