पेट्रोलियम पाईपलाईन कार्यले पायाे तिब्रता

Feb 18, 2018 Merolagani

ईन्धन आपूर्तिको दृष्टिले महत्वपूर्ण मानिएको पेट्रोलियम पाईपलाईन योजना सीमावर्ती सहर रक्सोलदेखि बाराको अमलेखगञ्ज सम्म निर्माण कार्यले तिब्रता पाएको छ । भारतीय शहर रक्सौल देखि बाराको अमलेखगञ्ज सम्मको ३६.२०६ किलोमिटर लामो पेट्रोलियम पाईप लाईन बिछ्याउँने कार्य निगमले शुरु गर्न लागेको हो ।

भारतीय पक्षले कार्यन्यवनमा तत्परता देखाएकाले पनि निर्माण कार्य छिटै सम्पन्न हुने देखिन्छ । विरगञ्जको शंकराचार्य गेटबाट बिरगंज कै गण्डक नहर सम्म वाईपास सडकको दायाँ भागबाट र त्यस पश्चात त्रिभूवन राजपथको गण्डक अमलेखगञ्ज खण्डमा सडकको बायाँ भागबाट पाईप लाईन निर्माण गर्न लागिएको हो ।

सडकको २५ मिटर भित्र पर्नेगरी पाईप लाईन निर्माण गर्न लागिएकाले मुअव्जा लगायतका अन्य अवरोध नहुँने भएकाले पनि निगमले सडकको क्षेत्र भित्रबाट पाईप लाईन निर्माण गर्न लागेको हो । साँढे तीन सय करोड भारतीय रुपैंयाँमा निर्माण हुँन लागेको उक्त पाईप लाईनमा भारतीय पक्षले दुई सय करोड भारतीय रुपैयाँ र नेपाली पक्षले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।

पाईप लाईन निर्माणका लागि आवश्यक कामहरु सम्पन्न भईसकेको छ , भने भारतीय आयलले पाईपहरु निर्माण गरेर नेपाल पठाई सकेकोले अब केही दिन भित्र मेशिनरी सामाग्रीहरु आउँने वित्तिकै पाईप बिच्छाउने कार्य शुरु हुने नेपाल आयल निगम रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाईप लाईन प्रोजेक्ट सिमरा बाराका मेकानिकल ईन्जिनियर सरद पौडेलले बताए ।

भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतिहारी बजार क्षेत्रको ११ कि.मी. उत्तर तर्फ सेमरा भन्ने स्थानमा टर्मिनल या ट्याप या पोईन्ट निर्माण गरी उक्त स्थानबाट नेपालको अमलेखगंज सम्म पेट्रोलियम पाईप लाईन निर्माण हुँने छ ।

पाईप लाईन विछ्याउँने कार्यको लागि सबै किसिमका सर्भे , स्वाईल टेष्टिङ , रेखाङ्गन पिलरहरु समेत स्थापना गरिएको छ । हाल नेपाल भित्रिएको पाईप १०.७५ ईन्च गोलाई र ०.२१९ ईन्च मोटाईको रहेको र यो पाईप भारतीय कम्पनी जिन्दलले माटो परिक्षण गरी निर्माण गरिएकाले पाईपको गुणस्तर राम्रो रहेको विज्ञ पौडेलले बताए ।

भारत विहार राज्यको बरौनी रिफाईनरीबाट पटना–मुगलसराय हुँदै कानपुर सम्म पेट्रोलियम पदार्थ ढुवानी हुँने पाईप लाईन जुन पहिले देखि नैं सञ्चालित थियो ।

पटना–मुगलसराय सेक्टर बिचमा पर्ने विहार कै सिवान भन्ने ठाउँमा ट्याप अफ पोईन्ट निर्माण गरी त्यहाँबाट एउटा लाईन भारत उत्तर प्रदेशको बैतालपुर सम्म र अर्को लाईन सिवानबाट मोतिहारी हुँदै अमलेखगंज सम्म जोड्ने योजना ईण्डियन आयल कर्पोरेशनको रहेको छ । मोतिहारी देखि रक्सौल बोर्डर सम्म ३३.७ किलोमिटर र रक्सौल बोर्डर देखि अमलेखगंज सम्म ३६.२ किलो मिटर दुरी रहँने छ ।

समुन्द्र सतहबाट ८४ मिटर उचाईमा रहेको रक्सौल र २७७ मिटर उचाईमा रहेको अमलेखगञ्ज बिचको दुरीलाई प्राविधिक ढंगबाट पाईप लाईन निर्माण हुँने भएकाले कुँनै समस्या नहुने निगमको ठम्याईरहेको छ ।

सडकको क्षेत्राधिकार भित्र निर्माण गर्न लागिएको पाईप लाईन २.५ मिटर गहिराईबाट ल्याउँन लागिएको छ , भने खोला तथा अन्य गहिरो भागहरुमा आवश्यक्ता अनुसार १५ मिटर सम्म गहिरो बनाउँन पर्ने देखिएको छ ।

सम्झौता भएको झन्डै दुई वर्ष पछि जेष्ठ २४ र २५ गते दिल्लीमा भएको नेपाल र भारतका उच्च अधिकारीहरुको बैठक मार्फत यो पाईप लाईन निर्माणका लागि औपचारिक प्रक्रिया थालिएको थियो ।

भारतीय पक्षले द्रुत गतिमा काम अघि बढाउँने तत्परता देखाएको छ । उता तिर समन्वयको पाटो र यता गर्नु पर्ने काम दुबै हामीले पनि अघि बढाएको निगमले जनाएको छ ।

पाईप लाईन मार्फत पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुँनाका साथै ढुवानी लागत र अरु नोक्सानी रोकिएर वार्षिक रुपमा ५५ देखि ६० करोड रुपैंयाँ जोगिने निगमको अनुमान छ ।

अहिले नेपाललाई चाहिने ईन्धनको ७० प्रतिशत रक्सोल नाकाबाट बिरगञ्ज हुँदै ट्यांकरमा भित्र्याईन्छ । यसमा ढुवानी लागत बढी पर्ने र चुहावटले गर्दा नोक्सानी हुँने गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।