ओमले डाक्यो फागुन २५ गते साधारण सभा, अझै मर्जर तथा प्राप्तीको बाटोमा

Feb 19, 2018 Merolagani

ओम डेभलपमेन्ट बैंकले फागुन २५ गते शुक्रबार ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले होटल माउण्ट कैलाश रिर्सोट, पोखरामा विहान १० साधारण सभा आह्वान गरेको छ ।

बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती कार्य अगाडि बढाउन सञ्चालन समितिलाई अधिकार प्रत्याउोजन गर्ने प्रस्ताव समेत गरेको छ ।

११ औं बार्षिक साधारण सभाका लागि बैंकले फागुन १४ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार फागुन १३ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले प्रस्ताव गरेको बोनस प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभामा बैंकले गत आर्थिक बर्षको नाफाबाट १७.६९ प्रतिशत बराबरको ३७ करोड ८१ लाख सात हजार तीन सय रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत असार २ गतेपछाडि सेयर खरिद गरि बोनस पाउन योग्य सेयरधनीले भने बोनसमा लाग्ने कर तिर्नुपर्ने जनाएको छ ।

सभाले संस्थापक सेयरधनी र साधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने भएको छ । सञ्चालकको बैठक भक्ता बढाउने र कार्यकारी सञ्चालक र कार्यकारी प्रमुखको कार्यकाल कायम गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पनि साधारण सभामा बैंकले गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।