साल्ट ट्रेडिङ्गको बोनसपछि सेयरमूल्य समायोजन

Feb 20, 2018 Merolagani

साल्ट ट्रेडिङ कर्पोरेसन (STC) को मंगलबार सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको २५ प्रतिशत बोनस सेयरलाई समायोजन गरि मूल्य निर्धारण गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्जले कम्पनीको समायोजित सेयरमूल्य प्रतिकित्ता २४६ रुपैयाँ निर्धारण भएको जनाएको छ ।

यहि मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार मंगलबार खुला भएको छ । कम्पनीको औसत आधार मूल्य भने २३५ रुपैयाँ निर्धारण भएको छ । 

एसटिसीले बोनस वितरण गर्न मंगलबारदेखि बुक क्लोज गरेको हो । यस आधारमा आईतबारसम्म कायम रहेका सेयरधनीले बोनस तथा नगद लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीको फागुन २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे आह्वान गरिएको साधारण सभाले २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।