ग्रीन डेभलपमेन्ट बैंक हकप्रद भर्ने समय १५ दिन थपियो

Feb 20, 2018 Merolagani

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले माघ २ गतेदेखि जारी गरेको चार सय प्रतिशत हकप्रदमा आवेदन गर्ने म्याद १५ दिन थप गरेको छ । यसअघि बैंकको हकप्रद भर्ने अन्तिम दिन मंगलबार रहेकोमा अब भने सेयरधनीले फागुन २३ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

ग्रीनले एक बराबर चार अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ । जसमा पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । 

बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ । हकप्रदमा आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

त्यस्तै विक्री प्रबन्धकको कार्यालय बानेश्वर तथा एनआईबिएल क्यापिटल, लाजिम्पाट, ग्रीन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय हरिशंकर रोड बाग्लुङ्ग , गणेशटोल बेनी, सभागृह चोक पोखरा तथा लक्ष्मी बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट समेत हकप्रद भर्न सकिने क्यापिटलले जनाएको छ ।

१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्रीनको हकप्रद पूँजीकरण पश्चात ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।