मञ्जुश्रीको ५% हकप्रद मंगलबारसम्म कायम सेयरधनीले मात्र पाउने

Feb 20, 2018 Merolagani

मञ्जुश्री फाइनान्स (MFIL) को ५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । फाइनान्सले हकप्रद निष्काशन गर्न बुधबार सेयरधनी किताब बन्द गर्देछ ।

मञ्जुश्री फाइनान्सले ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सय बराबर पाँच अनुपातको हकप्रद धितोपत्र बोर्डबाट माघ ९ गते स्वीकृत भएको थियो । फाइनान्सको सेयर बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ ।

पाँच प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गत असोज २५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको थियो ।

७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको ६ प्रतिशत अर्थात चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँ बोनस र पाँच प्रतिशत हकप्रदपछि ८० करोड ४० करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सले चार करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा कायम गरेको छ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।