अर्थमन्त्री को होला भन्ने बिषयले सेयर बजारमा उत्सुकता

Feb 20, 2018 merolagani

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुने सैद्धान्तिक सहमति भएसँगै आजभोली नै ओली मन्त्री परिषद्को विस्तार हुँदैछ । मन्त्री परिषदको विस्तार हुँदा प्रभावशाली मन्त्रालयहरु अर्थ र गृहमा नयाँ मन्त्रीहरु आउने निश्चित छ । देशको अर्थतन्त्रको प्रमुख सूचक मानिएको शेयर बजारमा नयाँ अर्थमन्त्री को होला भन्ने बिषयले चर्चा पाएको छ ।

लामो समयदेखि शिथिल देखिएको पूँजी बजार अब बन्ने अर्थमन्त्रीको विगत, व्यक्तित्व र प्रभावले समेत सकारात्मक या नकारात्मक हुने भन्ने निर्धारण हुन सक्छ ।

माओवादीसँगको एकीकरण पछि मन्त्री परिषदमा सन्तुलन मिलाउन गृह मन्त्रालय माओवादी निकटलाई दिए पनि अर्थमन्त्रालय प्रधानमन्त्रीका विश्वास पात्र एमालेकै कुनै नेतालाई दिइने सम्भावना प्रवल छ ।

एमालेबाट अर्थमन्त्री बन्नेमा ईश्वर पोख्रेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायतको नाम चर्चामा भए पनि पछिल्लो समयमा प्रदीप ज्ञवालीको नाम शीर्ष स्थानमा छ । तर मंगलवारको मन्त्री परिषदले पूर्व गर्भनर युवराज खतिवडालाई राष्ट्रिय सभामा नियुक्त गरेपछि खतिवडाको नाम एकाएक चर्चामा आएको छ ।

ओली सरकारले लिने आगामी आर्थिक योजना तथा कार्यक्रमका लागि गठित बामदेव गौतम अध्यक्ष रहेको समितिको सदस्यमा समेत खतिवडा रहेका थिए। समितिले आइतवार मात्र प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाइसकेकोे छ । मुलुक संघीयतामा गएपछि उत्पन्न वित्तीय व्यवस्थापनलाई चुस्त बनाउन खतिवडालाई अर्थमन्त्री बनाइने सम्भावना पनि उत्तिकै छ ।

राजनीतिक रुपमा कार्यान्वयन तर्फ उन्मुख भए पनि संघीयता सफल हुने या नहुने भन्ने कुरा वित्तिय व्यवस्थापनसँग सम्बन्धित छ । गतवर्षको भन्दा केन्द्रीय बजेट दोब्बरले बृद्धि हुने भएपनि मुलुकको आम्दानी भने सिमिति छ ।

बजेट घाटामा उच्च वृद्धि, शोधनान्तर बचत ऋणात्मक, वैदेशिक मुद्रा आप्रवाह घट्दो अवस्थामा र राजश्व दरहरु सिमिति भएको अवस्थामा संघियता थेग्न निकै चुनौति देखिन्छ । यिनै तथ्यहरुलाई ध्यान दिँदै प्रधानमन्त्री ओलीले योजना आयोगका उपाध्यक्ष समेत रहेका पूर्वगभर्नर खतिवडालाई अर्थमन्त्री दिने सम्भावना पनि उत्तिकै छ । खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्सबाट मौद्रिक नीतिमा विद्यावारिधी गरेका छन् ।

अर्का तिर खतिवडालाई अर्थराज्यमन्त्री दिएर एमालेकै कुनै नेतालाई अर्थमन्त्री बनाइने चर्चा पनि उत्तिकै छ । यदि यसो भए अर्थमन्त्रीमा प्रदीप ज्ञवालीले बाजी मार्ने देखिन्छ । विष्णु पौडेलले पटक पटक अवसर पाईसकेका, सुरेन्द्र पाण्डे आफू निकटको नभएका कारण ज्ञवालीको सम्भावना भएको एमाले निकटको दाबी छ । ज्ञवाली वर्तमान पार्टी सचिव हुन् । यसकाे अर्थ एमाले महासचिव इश्वर पोखरेल, सचिव पौडेल र पाण्डेको सम्भावना नै नभएको भने होईन । 

गुल्मी क्षेत्र नं. २ बाट निर्वाचित ज्ञवाली पार्टी्भित्र इमान्दार र सादगी नेता मानिन्छन् ।आर्थिक विषयवस्तुको औपचारिक अध्ययन नभए पनि एमाले भित्रका अध्ययनशील नेताका रुपमा ज्ञवाली मानिन्छन् । विगतमा एक पटक पर्यटन मन्त्री बनिसकेका ज्ञवालीले मन्त्रालयको काम कारवाहीमा आर्थिक मितव्ययिता अपनाएर प्रशंसा बटुलिइसकेका छन् । ज्ञवाली पार्टी भित्र जबजका कट्टर समर्थक तथा प्रधानमन्त्री ओलीका परम् सहयोगी हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।