मञ्जुश्री फाइनान्सको हकप्रदपछि सेयरमूल्य समायोजन

Feb 21, 2018 Merolagani

मञ्जुश्री फाइनान्स कम्पनी (MFIL) को बुधबार सेयरमूल्य समायोजन भएको छ । फाइनान्सले जारी गर्न लागेको पाँच प्रतिशत हकप्रद जारी गर्न कम्पनीले बुधबार बुकक्लोज गरेको हो । यसअनुसार मंगलबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

नेपाल स्टक एक्सचेञ्जले पाँच प्रतिशत हकप्रदलाई समायोजन गरि मञ्जुश्रीको प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर बुधबार सेयर कारोबार खुला भएको छ ।

फाइनान्सको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य १५० रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । 

 

....{मञ्जुश्रीको ५% हकप्रद मंगलबारसम्म कायम सेयरधनीले मात्र पाउने}........

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।