यस्तो देखियो जीबन बीमा कम्पनीहरूको प्रगति (तुलनात्मक विश्लेषण)

Feb 21, 2018 Merolagani

चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार ७ जीबन बीमा कम्पनी (लाइफ इन्स्योरेन्स) हरूले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी भन्दा बढी पूँजी कायम गरिसकेको नेपाल लाइफ इन्स्योरेन्सले झण्डै २८ करोड खुद नाफा र सात अर्ब १५ करोड खुद बीमाशूल्क आर्जन गरेको छ ।

नेपाल लाइफ जगेडा कोष, जीबन बीमा कोष र खुद नाफामा पनि अन्य कम्पनीको तुलनामा अगाडि रहन सफल भएको छ । बीमा कम्पनीहरुमध्ये सेयरमूल्यमा दोस्रो ठूलो रहेको नेपाल लाइफको प्रतिसेयर आम्दानी भने अन्य तीन कम्पनीहरु प्राइम लाइफ, नेशनल लाइफ इन्स्योरेन्स र सूर्या लाइफको भन्दा कम १८ रुपैयाँ ६ पैसा मात्र रहेको छ । पूँजी धेरै भएपछि कम्पनीको प्रतिसेयर आम्दानी कम देखिएको हो ।

सबैभन्दा कमजोर कम्पनीको रुपमा गुराँस लाइफ इन्स्योरेन्स देखा परेको छ । कम्पनीको खुद बीमा शूल्क आर्जन रकम सबैभन्दा कम ५६ करोड रुपैयाँ रहेको छ । त्यस्तै चुक्ता पूँजी र जगेडा कोषमा पनि यो कम्पनी अन्यभन्दा पडाडि देखा परेको छ । जीबन बीमा कोषमा सञ्चित रकमका आधारमा भने कम्पनीले सूर्या लाइफलाई र खुद नाफाका आधारमा एशियन लाइफलाई पछाडि पारेको छ ।

चुक्ता पूँजी र प्रतिसेयर आम्दानी

चुक्ता पूँजीका आधारमा नेपाल लाइफ बीमा समितिले तोकेभन्दा एक अर्ब बढी रकम कायम गर्दे अगाडि रहेको छ । अन्य कम्पनीभन्दा औसतमा तीन गुणा बढी चुक्ता पूँजी कायम गरेका कारण उसको प्रतिसेयर आम्दानी अन्य तीन कम्पनीभन्दा कम रहेको छ ।

त्यसपछि चुक्तापूँजी बढी हुने कम्पनीहरु क्रमश: नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ र गुराँस लाइफ रहेका छन् ।

प्रतिसेयर आम्दानीमा प्राइम लाइफ सबैभन्दा अगाडि रहेको देखिएको छ । १६० प्रतिशत हकप्रदबाट पूँजी वृद्धि गर्न लागेको कम्पनीको हाल पूँजी ६१ करोड छ भने भएपछि प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसपछि क्रमश नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ, गुराँस लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, र एशियन लाइफ इन्स्योरेन्स छन् ।  एशियनको प्रतिसेयर आम्दानी सबैभन्दा कम चार रुपैयाँ २८ पैसा रहेको छ ।

जीबन बीमा कोष र खुद नाफा

जीबन बीमा कोष र खुद नाफा दुबैमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले चालू अावकाे ६ महिना अवधिमा ४५ अर्ब ६३ करोड रुपैयाँको जीबन बीमा कोष बनाएको छ भने २७ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सूर्या लाइफको जीवन बीमा कोष सबैभन्दा कमजाेर देखिन्छ । उसले जीवन बीमा कोषमा दुई अर्ब ९७ करोड रुपैयाँ मात्र सञ्चित गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा कम दुई करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेपनि कम्पनीको जीवन बीमा कोषमा भने ११ अर्ब ३२ करोड रुपैयाँ सञ्चित देखिन्छ ।

नेशनल लाइफ इन्स्योरेन्सले यस अवधिमा १७ करोड आठ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने जीवन बीमा कोषमा १९ अर्ब २६ करोड सञ्चित गरेको छ । जीवन बीमा कोषमा ३८ अर्ब २२ करोड रुपैयाँ सञ्चित गरेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको प्राइम लाइफको जीवन बीमा कोषमा  पाँच अर्ब ५७ करोड रुपैयाँ मात्र सञ्चित मात्र रहेको छ । गुराँस लाइफले भने यस अवधिमा तीन करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा जीबन बीमा कोषमा तीन अर्ब ५६ करोड सञ्चित गरेको छ ।

जगेडा कोष र नेटवर्थ

सात जीबन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफको पाँच अर्ब दुई करोडको जगेडा कोष छ भने प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ रहेको छ ।

त्यसपछि अब्बल ९३ करोड रूपैयाँको जगेडा कोष रहेकाे प्राइम लाइफको नेटवर्थ २५३ रुपैयाँ, ३९ करोड जगेडा कोष रहेको नेशनल लाइफ इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ रहेको छ । नेशनल लाइफ इन्स्योरेन्सको भन्दा ६ करोड रुपैयाँ कम जगेडा कोष रहेको सूर्या लाइफको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ रहेको छ ।

त्यस्तै गुराँश लाइफको जगेडा कोषमा सबैभन्दा कम २१ करोड सञ्चित रहँदा पनि प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ कायम गर्दे एशियन लाइफ,नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कपाेरेशन भन्दा माथि रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनको जगेडा कोषमा ३३ करोड रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ रहेको छ । एशियन लाइफले जगेडामा सञ्चित २५ करोड रुपैयाँ राख्दा प्रतिसेयर नेटवर्थ सबैभन्दा कम १२१ रुपैयाँ रहेको देखिन्छ ।

 

सेयरमूल्य र मूल्य आम्दानी अनुपात

धितोपत्रको दोस्रो बजारमा कारोबार भएको सेयरमूल्यलाई आधार मान्दा मूल्य आम्दानी अनुपात सबैभन्दा बढी २०३ गुणा एशियन लाइफ इन्स्योरेन्सको रहेको देखिन्छ । कम्पनीको सेयरमूल्य ८७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी चार रुपैयाँ २८ पैसा मात्र रहेको छ ।

प्रतिसेयर आम्दानी सबैभन्दा बढी ३७ रुपैयाँ रहेको प्राइम लाइफको मूल्य आम्दानी अनुपात सबैभन्दा कम ४३ गुणा बढी रहेको छ । प्रतिकित्ता सेयरमूल्य ८८८ रुपैयाँ रहेको सूर्या लाइफको मूल्य आम्दानी अनुपात ४४ गुणा र प्रतिसेयर आम्दानी २० रुपैयाँ छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रतिकित्ता सेयरमूल्य सबैभन्दा बढी एक हजार नौ सय रुपैयाँ रहँदा मूल्य आम्दानीको अनुपातमा १८७ गुणा बढी देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेको नेपाल लाइफको प्रतिकित्ता सेयरमूल्य एक हजार ७७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९८ गुणा बढी छ ।

२० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको नेशनल लाइफ इन्स्योरेन्स र १२ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको गुराँस लाइफको मूल्य आम्दानी अनुपात समान ७१ गुणा बढी भएपनि सेयर मूल्यमा भने ठूलो अन्तर देखिन्छ । नेशनलको सेयरमूल्य प्रतिकित्ता एक हजार ४७० छ भने गुराँस लाइफको ९२० रुपैयाँ मात्र रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।