नबिल बैंकले पनि सुरु गर्यो सि आस्बा, मेरो सेयर निशुल्क दिने

Feb 21, 2018 Merolagani

नबिल बैंकले पनि सेयर आवेदन गराउन सिआस्वा सुरु गरेको छ । आफ्ना सेवाग्राहीलाई सेयर आवेदन गर्न सहज बनाउन सिआस्वा सुरु गरिएको बैंकले जनाएको छ । सि आस्बा सँगै आबद्द सेवाहरुमा लाग्ने सम्पुर्ण बैंक शुल्क मिनाह गरेको बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई समयमै सि आस्बा रजिस्ट्रेशन नम्बर (सिआरएन) प्रदान गर्ने उद्देश्यले सेवा सन्चालनमा ल्याएको विज्ञप्तीमा उल्लेख छ । बैंकका ग्राहकले बैंकका सबै शाखाहरुबाट सिआरएन नम्बर लिन सकिने बताइएको छ । सिआरएन लिए पश्चात मेरो शेयरमार्फत आफै अनलाईन आवेदन दिन सक्ने बैंकले जनाएको छ । साथै अनलाईन आवेदन दिन नसक्ने लगनिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सि आस्बा फारम भरी आवदेनबराबर को रकम आफ्नो बैंक खातामा रोक्का राखी सेयर आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले सि आस्बा सँगै आबद्द सेवाहरु सि आस्बा रजिस्ट्रेशन, हितग्राही (डिम्याट) खाता खोल्ने, सि आस्बा प्राणाली मार्फत सेयर आवेदन गर्ने तथा मेरो शेयर रजिस्ट्रेशनमा समेत लाग्ने सम्पुर्ण बैंक शुल्क मिनाह गरेको जनाएको छ । यो सँगै नबिलका सेवाग्राहीले सेयरसँग सम्बन्धित सबै सेवा निशुल्क पाउने भएका छन् ।

बैंकले ६२ वटा शाखा, १०४ वटा एटिएम काउण्टर, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गरि आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।