सिद्धार्थ बैंकले तोक्यो बुकक्लोज, चैत ४ गते साधारण सभा गर्ने

Feb 22, 2018 Merolagani

सिद्धार्थ बैंक (SBL) ले आगामी चैत ४ गते १६ औ बार्षिक साधारण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर वितरण गर्न साधारण सभा आह्वान गरेको हो ।

१६ औ बार्षिक साधारण सभाका लागि बैंकले फागुन २० गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार फागुन १९ गते कायम रहेका सेयरधनी बोनस पाउन योग्य हुनेछन् । प्रस्तावित बोनस सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकबाट माघ २३ गते स्वीकृत भैसकेको छ । बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँ रहेको छ । १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी सात अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुग्नेछ ।

बैकले ६ अर्ब ८२ करोड रूपैयाँ चुक्त्ता पूँजीको १० प्रतिशत हकप्रद विक्री गरिरहेको छ । हकप्रदपछि बैंकको चुक्त्ता पूँजी राष्ट्र बैंकले तोकेअनुसार आठ अर्ब नाघ्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७७ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।