रसुवागढी र साञ्जेनको आइपिओमा यसरी गर्न सकिन्छ आवेदन

Feb 23, 2018 merolagani

धितोपत्र बजारमा शुक्रबारदेखि दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) को बिक्री खुलेको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्न लागेका हुन ।

दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीका लागि मात्र शेयरमा आवेदन खुला गरेका हुन् ।

रसुवागढी हाइड्रोपावरको एक अर्ब ६४ करोडको शेयर

रसुवागढी हाइड्रोपावर कम्पनीले एक अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

योग्य आवेदकले रसुवागढीका लागि बढीमा ५० देखि ५०० कित्तासम्म शेयर आवेदन गर्न पाउने छन् । कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

रसुवागढी पहिलो चरणको साधारण शेयर निष्कासन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी एक अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

साञ्जेनको ८७ करोड रूपैयाँ बराबरको शेयर

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले ८७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर शुक्रबारदेखि बिक्री खुला गरेको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको ५० देखि बढीमा ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् । त्यस्तै संचयकोषका लगानीकर्ताले एक हजार कित्तासम्म आवेदन गर्न पाउनेछन् ।

कसले गर्न पाउँछ आवेदन ?

रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले निष्काशन गर्न लागेको प्राथिमक शेयर निष्काशन (आइपिओ)मा आवेदन दिन कमर्चारी सञ्चय कोषमा २०६८ साल मंसिर २२ गतेसम्म बहाल रहेका सञ्चयकर्ताले पाउने छन्।

सान्जेनको हकमा २०७४ मंसिर २६ गतेसम्म कायम भएका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् भने रसुवागढीको हकमा २०७४ पुस २० गतेसम्म कायम सञ्चयकर्ताले पाउनेछन्।

सञ्चयकर्ताका लागि छुट्याएइको सेयर खरिद गर्न योग्य सञ्चयकर्ताहरुको विवरण सी–आस्वा प्रणालीमा उपलब्ध गराइएको सीडीएसले जानकारी दिएको छ ।

कहाँ गर्ने आवेदन ?

योग्य लगानीकर्ताले अहिलेसम्म सि(आस्बा प्रणालीमा आवद्ध ६० वटा बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन्। शेयर आवेदकको बैंक खाता सि-आस्बा प्रणालीमा आवद्ध भएकै बैंक तथा वित्तीय संस्थामा हुनु पर्नेछ। दुबै कम्पनीले योग्य आवेदकको नाम तथा विवरण सि-आस्बा प्रणालीमा उपलब्ध गराइसकेको छ।

डिम्याट खाता अनिवार्य

नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार यी दुई कम्पनीले सि-आस्बा प्रणालीमार्फत आइपिओ निष्काशन गर्न लागेका हुन । शुक्रबारदेखि नै सीडीएस एन्ड क्लियरीङ लिमिटेड (सीडीएससी) ले आइपीओ भर्दा सी–आस्वा अनिवार्य पनि गर्दैछ । दुवै कम्पनीको शेयर ‘सेन्ट्रल आश्वा अर्थात् सी आश्वा’ प्रणालीबाट आवेदन दिने व्यवस्था मिलाइएको छ ।

सी–आस्वामार्फत सेयर भर्न खाता भएको बैंकले सी–आस्वा रजिष्ट्रेसन नम्बर (सी–आरएन) दिन्छ । सी–आरएन लिई नसकेका लगानीकर्ताले पहिला आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थामा स्वयं उपस्थित भई सी–आस्वा फारम भरेर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बर लिएपछि त्यही बैंकबाट सेयर भर्न सकिनेछ ।

आवेदन दिन जाँदा परिचय पत्र अनिवार्य

आवेदकले आवेदन दिन जाँदा संचयकर्ताले परिचयपत्र नम्बर साथै हितग्राही खाता नम्बर लिएर आफ्नो खाता रहेको बैंकमा जानु पर्नेछ । आवेदन दिनुभन्दा अगाडि डिम्याट खाता अनिवार्य खोल्नु पर्नेछ। आफ्नो खाता रहेको बैंकले सिआस्वा सुविधा दिएको छैन भने सिआस्वा प्रदान गर्ने बैंकमा खाता खोल्नु पर्नेछ ।

आवेदन बन्द भएको ७ दिनमा बाँडफाँड

दुवै आयोजनाका धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष र सिद्धार्थ क्यापिटलले आवेदन बन्द भएको सात दिनभित्रमा शेयर बाँडफाँट गर्नेछन्। सि-आस्बा प्रणाली पूर्ण रुपमा कार्यान्वनमा आएसँगै पहिलो पटक यसरी सात दिनमै शेयर बाँडफाँट हुन लागेको हो।

सान्जेन हाइड्रोपावरको आइपीओमा आवेदन दिने सञ्चयकर्ता ७ लाख २९ हजार ७६१ जना रहेको नागरिक लगानी कोषले जनाएको छ । यस्तै, रसुवागढी हाइड्रोपावरका लागि आवेदन दिने सञ्चयकर्ता आवेदकको ८ लाख ६८ हजार ३९५ छ ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल रहेका छन् । त्यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।