बाणिज्य बैंक क्रेडिट क्रञ्चले ग्रस्त हुँदा विकास बैंकको बिनाधितो १५ लाखकाे कर्जा अफर

Feb 23, 2018 Merolagani

कर्जायोग्य लगानी रकम अभावले बाणिज्य बैंकहरुलाई पिरोलिरहेको अवस्थामा विकास बैंकहरु भने बिना धितो १५ लाख रुपैयाँ कर्जा प्रबाह गर्ने अफर सार्वजनिक गर्न थालेका छन् ।

शुक्रबार ओम डेभलपमेन्ट बैंकले पनि व्यवसायिक व्यक्तिहरुलाई लक्षित गर्दे १५ लाख रुपैयाँसम्मको ओम प्रोफेसनल लोन योजना योजना सार्वजनिक गरेको छ । 

केही दिनअघि मात्र व्यवसायिक कर्जा (प्रोफेसनल लोन) योजना अन्तगर्त कैलाश विकास बैंकले धितो विना नै १५ लाख रुपैयाँको कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको थियो ।

यस्तो कर्जा आम मानिसहरुका लागि भने होइन । यो कर्जा लिनका लागि आकर्षक रोजगारी प्राप्त गर्ने डाक्टर, इञ्जिनियर र परामर्शदाता सेवा दिने र राम्रो जागिर भएका व्यक्तीहरु हुनु अावश्यक छ । व्यक्तिले प्राप्त गर्ने मासिक तलब स्केलका आधारमा बैंकले १५ लाख रूपैयाँसम्म कर्जा लगानी गर्ने गर्दछन् ।

बैंकले यस्तो कर्जामा अन्य कर्जा याेजनामा जस्तै १५ प्रतिशत हाराहारीमा ब्याजदर लाग्ने जनाएको छ । धितोबन्धक राख्ने केही नभएका व्यवसायिक व्यक्तिहरु यो योजनाबाट लाभान्वित हुने बैंकको विश्वास छ ।

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।