राष्ट्रिय बीमा संस्थान ५१ औं बर्षमा, ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्नुपर्नेमा जोड

Feb 23, 2018 merolagani

बक्यौता लेखापरिक्षण आगामी चैत्र मसान्तसम्म सम्पन्न गर्ने

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले ग्रामीण समुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय बीमा संस्थान (RBS) को ५१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गर्भनर नेपालले बीमाको पहुँच विस्तारका लागि बीमा र वित्तीय क्षेत्रको सम्बन्ध एक आपसमा घनिष्ट हुनुपर्ने बताए ।

गभर्नर नेपालले वित्तीय क्षेत्रमा विभिन्न किसिमका जोखिम हुने भन्दै बीमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बीमकहरुसामु आफुलाई उतार्नुपर्ने आवश्यकता औंल्याए ।

अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले जोखिम व्यवस्थापन, वित्तीय पहुँच बृद्दि तथा सुरक्षित बचतको लागि बीमा व्यवसायकोे माध्यमद्वारा संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाँईले सरकारी संस्थानका हैसियतले जीबन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा बताउँदै संस्थान प्रतिष्पर्धी बन्नुपर्ने, कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुको दक्षता बृद्दि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।

७३/७४ सम्मको लेखापरिक्षण आगामी चैत्र मसान्तसम्म सम्पन्न गर्ने

संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले संस्थानको आर्थिक वर्ष २०६५/६६ सम्मको साधारणसभा सम्पन्न भई सकेको र आ.व.२०६६/६७ देखि २०६९/७० सम्मको लेखा परिक्षण सम्पन्न भइ अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको जानकारी दिए ।

उनले बाँकी आ.ब.२०७३/७४ सम्मको लेखापरिक्षण आगामी चैत्र मसान्तसम्म सम्पन्न गर्ने गरी कार्य योजनाका साथ काम अगाडि बढाइएको बताए ।

दीर्घकालीन परियोजनाहरूमा लगानी गर्ने प्रयास स्वरूप मुलुकको वर्तमान अवस्थामा देखिएको विकराल उर्जा आवश्यकता पुरा गर्न माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा लगानी गर्ने सम्झौता भई २१ करोड १८ लाख शेयर पूँजी र २ अर्ब ऋण लगानी गर्ने प्रतिवद्धता अनुरुप १ अर्ब ८० करोड प्रवाह भइ सकेको उनले जानकारी दिए ।

जलबिद्युत लगानी तथा विकास कम्पनीमा १०० करोड शेयर लगानी गरिएको भन्दै प्रशासक थापाले नयाँ कम्पनी बिद्युत उत्पादन कम्पनीमा ६.६ करोडको संस्थापक शेयर लगानी गरिएको जानकारी दिए ।

नेपालको वित्तीय बजारमा तरलता प्रवाह गर्ने कार्यमा समेत संस्थान अग्रणी रहेको भन्दै उनले करिव १२ अर्बको जीवन बीमा कोष संस्थानले नेपालका बैंक र वित्तीय संस्थाहरुलाई उपलव्ध गराएर मुलुकको प्रमुख करदाताको रुपमा समेत स्थापित भइसकेको बताए ।

वि.सं २०२४ साल पौष १ गते स्थापना भई फागुन ११ गतेदेखि व्यवसायिक कारोवार शुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप सञ्चालन हुदै आएको संस्थान आज स्थापनाको ५०औं वर्ष पार गरी ५१ औं बर्ष प्रवेश गरेको छ ।

संस्थानले नेपाल सरकार लगायत संस्थापक शेयरधनीहरुलाई आकर्षक लाभांश र सरकारलाई करको रूपमा समेत करिव २० करोड बार्षिक राजस्व बुझाउँदै आएको छ । संस्थानले बिराटनगर, वीरगज, पोखरा, भैरहवा, बनेपा, बिर्तामोड, इटहरी, हेटौडा, नारायणगढ, नेपालगञ्ज, धनगढी र बिदुरमा शाखा कार्यालय स्थापना गरी कार्य क्षेत्र बिस्तार गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।