सिद्धार्थ बैंकको साधारण सभा चैत ४ गते, १४ प्रतिशत बोनस प्रस्ताव

Feb 23, 2018 Merolagani

सिद्धार्थ बैंक (SBL) ले आगामी चैत ४ गते राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बिहान ११ बजे १६ आैं बार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर वितरण गर्न साधारण सभा आह्वान गरेको हो ।

१६ औं बार्षिक साधारण सभाका लागि बैंकले फागुन २० गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार फागुन १९ गते कायम रहेका सेयरधनी बोनस पाउन योग्य हुनेछन् ।

बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकबाट माघ २३ गते स्वीकृत भैसकेको छ । सिद्धार्थ बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीको १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस वितरण गर्न लागेको हो ।

बोनसपछि बैंकको चुक्ता पूँजी सात अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुग्नेछ ।

बैकले ६ अर्ब ८२ करोड रूपैयाँ चुक्त्ता पूँजीको १० प्रतिशत हकप्रद विक्री गरिरहेको छ । हकप्रदपछि बैंकको चुक्त्ता पूँजी राष्ट्र बैंकले तोकेअनुसार आठ अर्ब ४६ करोड रुपैयाँ नाघ्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।