एनआईसी क्यापिटलले प्रति एकाई १० रुपैयाँका दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड एनआईसी एसिया ग्रोथ फण्डको एकाई माघ २ गतेदेखि निष्कासन गरेको थियो ।
एनआईसी एशिया ग्रोथ फण्ड सात बर्षे बन्दमुखी योजना हो । जसको आकार एक अर्ब रुपैयाँको छ । जस मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा सर्वसाधारण्का लागि बिक्री खुला गरेको हो ।
यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्तिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाई सम्म खरिद गर्नका लागि आवेदन गर्न सक्नेछन् । फण्डमा आस्वा सदस्यमा सहभागि सबै वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सकिनेछ ।
एशिया ग्रोथ फण्डले बार्षिक १६ प्रतिशतकादरले लाभांस दिने दाबी गरेको छ । फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्ने जनाएको छ ।
एनआईसी क्यापिटलले शेयर निष्काशन तथा विक्रीप्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।