Thu, Apr 18, 2024
राष्ट्रिय बीमा कम्पनी (RBCL) ले १२० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितिको १३४ औ बैठकले आर्थिक बर्ष ६८/६९ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै कम्पनीले ५.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस समेत वितरण गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्तापूँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।