सेञ्चुरीको पाँच प्रतिशत बोनसपछि कतिमा खुल्यो सेयर कारोबार ?

Feb 25, 2018 Merolagani

सेञ्चुरी कर्मसियल बैंक (CCBL) को पाँच प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको छ । बैंकले बोनस वितरण गर्न शुक्रबार बुकक्लोज गरेको थियो । शुक्रबार सेयर कारोबार नहुने भएकाले आइतबार समायोजित मूल्य अनुसार सेयर कारोबार खुला भएको हो ।

सेञ्चुरीको पाँच प्रतिशत बोनसपछि प्रतिकित्ता १९३ रुपैयाँ सेयरमूल्य निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर आइतबार सेयर कारोबार खुला भएको हो । बैंकको औसत आधारमूल्य २६३ रुपैयाँ कायम भएको छ ।

 

बैंकले गत आर्थिक बर्षको नाफाबाट प्राप्ती गरेको संस्था र हकप्रदपछि कायम पूँजीको पाँच प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश वितरण गर्देछ । बैंकले साधारण सभा गर्न मिति भने ताेकिसकेकाे छैन । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।