बैंकहरु लागे जनशक्तिको खोजीमा, तपाई पो योग्य हुनुहुन्छ कि !

Feb 25, 2018 Merolagani

माछापुच्छ्रे, सेञ्चुरी र महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

तपाईसँग जागिर खाने योग्यता (अनुभव र क्षमता) भएरपनि जागिर नपाएर निराश हुनुहुन्छ ? त्यसो हो भने माछापुच्छ्रे बैंक, सेञ्चुरी कर्मर्सियल बैंक, र महालक्ष्मी विकास बैंकले योग्य जनशक्तिको खोजी सुरु गरेका छन् ।

पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुलाई बैंकिङ्ग पहुँच नपुगेका स्थानिय तहमा शाखा विस्तार गर्न दिएको निर्देशन अनुरुप शाखा विस्तार गर्दे जाँदा विस्तारित शाखाका लागि थप जनशक्तिको खोजी हुने देखिएको छ ।

अहिले पनि धेरै बैंकमा प्रयाप्त जनशक्ति अभाव रहेको छ । अझ विस्तारित शाखामा थप जनशक्तिको खोजी हुने हुँदा अहिले बेरोजगारी रहेका दक्ष जनशक्तिले रोजीगारीको अवसर प्राप्त गर्ने भएका छन् । केही दिन अघि मात्र राष्ट्र बैंकले १५१ जना कर्मचारी माग गर्दे दरखास्त आह्वान गरिसकेको छ ।

माछापुछ्रे बैंक (MBL) ले रिलेसनसिप म्यानेजर, अपे्रशन इञ्चार्ज, ट्रेजरी, ट्रेड फाइनान्स मा काम गर्नेगरि जुनियर अफिसर/अफिसर पदमा २२ जना कर्मचारी माग गरेको छ ।

त्यस्तै ट्रेनी जुनियर असिसटेन्टमा ८४ जना कर्मचारी माग गरेको छ । उक्त पदमा बैंकको वेभसाइटबाट २३ फागुन (७ मार्च) गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

 

महालक्ष्मीले पनि गर्यो ५० जनाको खोजी

महालक्ष्मी विकास बैंकले झण्डै ५० जनाका लागि दरखास्त खुलाएको छ । बैंकले शाखा प्रवन्धक, सुपरभाइजर, बैंकस्योरेन्स अधिकृत, बजार अधिकृत, म्यानेजमेन्ट ट्रेनी, जुनियर सहायक र कार्यालय सचिव सहितको जनशक्ति खोजी गरेको हो ।

बैंकले शाखा प्रवन्धकमा केही कनिष्ठ अफिसर, अफिसर, र बरिष्ठ अफिसर, बैंकस्योरेन्स शाखा प्रवन्धक, अधिकृत १ जना, बजार अधिकृत १, म्यानेजमेन्ट ट्रेनी २० जना खोजी गरेको हो । यसरी छनौट गर्दा अनुभवीलाई प्राथमिकता दिने र काठमाडौं उपत्यका बाहिर काम गर्नुपर्ने बैंकले जनाएको छ । 

बैंकले खुलाएको पदमा दरखास्त दिने अन्तिम मिति फागुन २० गते (मार्च ४ गते) सम्म तोकिएको छ । काठमाडौं उपत्यका बाहिर दुर्गम जिल्लाका लागि जागिर खुलाएको हो । अनुभवीलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

सेञ्चुरीमा आवेदन दिने आजै अन्तिम

उता सेञ्चुरीले विभिन्न तहका लागि २१४ जना जनशक्ति माग गरेको छ । बैंकले सहायक प्रवन्धक २, वरिष्ठ अधिकृत १३, अधिकृत २३, सहायक अधिकृत ३६, सुपरभाइजर १८, वरिष्ठ सहायक २४ सहायक अपरेसन इञ्चार्ज ४, म्यानेजमेन्ट ट्रेनी १९ र ट्रेनी सहायक ७५ जना खोजी गरेको हो ।

सहायक ट्रेनीले काठमाडौं उपत्यका भन्दा बाहिर गएर काम गर्नुपर्ने बैंकले जनाएको छ । इच्छुकले फागुन १३ गते (आज) सम्म मेरो जब डटकम मार्फत आवेदन दिन सक्नेछन्

 मेगा बैंकमा फागुन १६ गतेसम्म आवेदन गर्न पाइने

मेगा बैंकले केन्द्रीय कार्यालय र उपत्यकाका शाखा तथा उपत्यका बाहिरका शाखा कार्यालयहरुमा विभिन्न पदमा रोजगारिको अवसर खुला गरेको छ । खुला भएको पदमा फागुन १६ गते अर्थात (फेब्रुअरी २८) दरखास्त दिन सकिनेछ ।

मेगाले म्यानेजर तहमा, विभिनन अफिसर तह चौथो, तेस्रो, दोस्रो र पहिलो तहमा केही जनशक्ति आह्वान गरेको छ । त्यस्तै सहायक तह तेस्रो, दोस्रो र पहिलो गरि तीन तहमा पनि जनशक्ति माग गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।