किसान माइक्रो र सिभिल क्यापिटलबिच हकप्रद निष्काशन सम्झौता

Feb 25, 2018 Merolagani

किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMF) ले ५० प्रतिशत हकप्रद निष्काशन प्रकृया अगाडि बढाएकाे छ । लघुवित्त कम्पनीले हकप्रद सेयर विक्री गर्न सिभल क्यापिटललाई शुक्रबार विक्री प्रबन्धक नियुक्त गरेको छ।  हकप्रद निष्काशन सम्बन्धी सम्झाैतापत्रमा क्यापिटलकाे तर्फबाट प्रमुख कायर्रकारी अधिकृत सुमन अाचार्य र लघुवित्तकाे तर्फबाट सिइअाे इन्द्रकुमार शाहले हस्ताक्षर गरे । 

चुक्ता पूँजी चार करोड ८० लाख रुपैयाँ रहेकाे लघुवित्तले दुई बराबर एक अनुपातमा दुई कराेड ४० लाख  २५ हजार रूपैयाँकाे एक सय रूपैयाँ अंकित दरका दुई लाख ४० हजार २५० कित्ता हकप्रद सेयर विक्री गर्ने भएको हाे ।  

लघुवित्तकोे पाँचौ बार्षिक साधारण सभाले २० प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियाे । 

यो हकप्रदपछि ५० प्रतिशत हकप्रद बिक्री गर्दा ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत बर्ष पनि २४ प्रतिशत हकप्रद विक्री गरेको थियो ।

चालू अावकाे दाेस्राे त्रैमासमा कम्पनीले १९ लाख ६४ हजार रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर अाम्दानी ९ रूपैयाँ ८२ पैसा कायम गरेकाे छ । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।