इन्भेष्टमेण्ट बैंक ३२ बर्षमा बन्यो १९ अर्बको बैंक

Feb 25, 2018 merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले स्थापनाको ३२ औं वर्ष पूरा गरेको छ । निजी क्षेत्रका बैंकहरू मध्ये सर्वाधिक चुक्ता पूँजी भएको बैकको शेयरधनी कोष १८ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी छ । जसको चुक्ता पूँजी नै १० अर्ब ६२ करोड माथि पुगेकाे छ ।

यस अवधिमा बैंकले ग्राहको निरन्तरको विश्वास तथा आत्मिय सहयोग प्राप्त गरी व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको दाबी गरेको छ ।

आठ लाखभन्दा बढी ग्राहक संख्या पुगेको जनाएको बैंकले हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) बाट सेवा प्रदान गर्दे आएको छ । त्यस्तै बैंकले ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता, ६३ वटा शाखारहित बैंकिङ सेवा, ३०० बढी भिसा तथा एनपिएन सदस्य पुगेको बताएको छ । बैंकका ९८ वटा एटिएम संचालनमा रहेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ सय ३० अर्ब निक्षेप संकलन गरी १ सय १४ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिसम्ममा बैंकले १ अर्ब ८३ करोड खुद नाफा गरेको छ । दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत निस्क्रिय कर्जा १.१२ प्रतिशत छ ।

साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । साथै बैंक अफ दि इयर पाँच पटकसम्म प्राप्त गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. नेपालको एकमात्र बैंक रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।