ओम डेभलपमेन्ट बैंकको बोनसपछि सेयरमूल्य समायोजन

Feb 26, 2018 Merolagani

ओम डेभलपमेन्ट बैंक (ODBL) को सोमबार सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १७.६९ प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता १९७ रुपैयाँ कायम भएकाे छ । यहि मूल्यलाई आधार मानेर सोमबार बैंकको सेयर कारोबार खुला हुनेछ ।

बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य प्रतिकित्ता २७२ रुपैयाँ निर्धारण भएको छ ।

ओमले फागुन २५ गते शुक्रबार होटल माउण्ट कैलाश रिर्सोट, पोखरामा विहान १० बजे ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाबाट ३७ करोड ८१ लाख सात हजार तीन सय रुपैयाँ बोनस सेयर वितरण गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती कार्य अगाडि बढाउन सञ्चालन समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव छ । 

त्यस्तै संस्थापक सेयरधनी र साधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने भएको छ । सञ्चालकको बैठक भक्ता बढाउने र कार्यकारी सञ्चालक र कार्यकारी प्रमुखको कार्यकाल कायम गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पनि साधारण सभामा छ ।

गत असार २ गते पछाडि सेयर खरिद गरि बोनस पाउन योग्य सेयरधनीले भने बोनसमा लाग्ने कर तिर्नुपर्ने बैंकले जनाएको छ । दुई अर्ब १३ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको ओमको बोनसपछि दुई अर्ब ५१ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालु आवको दोस्रो त्रैमासमा ओमले १५ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०७ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।