नेपाल लाईफले घोषणा गर्यो आकर्षक बोनस र नगद लाभांस

Feb 26, 2018 merolagani

नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा सबल देखिदै आएको नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले आफ्ना लगानीकतालार्ई ७०.५३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांस घोषणा गरेको छ ।


कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । जसको े प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।