गत पुस मसान्तमा समृद्धि फण्डको १२ रुपैयाँ ६१ पैसा र प्रगति फण्डको ९ रुपैयाँ १६ पैसा प्रतिइकाइ खुद सम्पत्ति मूल्य रहेको थियो ।
माघ मसान्तमा समृद्धि फण्ड (NIBSF1) को ७८ सूचीकृत कम्पनीको सेयरमा ८५ करोड ६८ लाख रुपैयाँको लगानी गरेको छ । फण्डको लगानी पुस महिनाको तुलनामा माघमा तीन करोड ६८ लाख रुपैयाँले घटेको हो । उसको बैंक मौज्दात दुई लाख ७५ हजार रुपैयाँले घटेर १५ करोड ७३ लाख ३९ हजार बैंक मौज्दात रहेको छ । सामूहिक लगानी कोषले सर्वसाधारणमा १० करोड इकाई सर्वसाधारणमा जारी गरेको छ ।
उता प्रगति फण्ड (NIBLPF) ले माघ मसान्तसम्ममा ५९ सूचीकृत कम्पनीको सेयरमा ५५ करोड ७२ लाख ३१ हजार रुपैयाँ लगानी गरेको छ । फण्डको लगानी पनि पुस महिनाको तुलनामा माघमा तीन करोड २१ लाख ४७ हजार रुपैयाँले घटेको छ । उसको बैंक मौज्दात ४८ लाख ४५ हजार रुपैयाँले घटेर चार करोड ५५ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको छ । यसले सामूहिक लगानी कोषले ७ करोड ५० लाख इकाई सर्वसाधारणमा जारी गरेको छ ।
एनआईबिएल समृद्धि फण्डले चिलिमे हाइड्रोपावरको सेयरमा तीन करोड ५८ लाख ८४ हजार रुपैयाँ बराबरको ४२ हजार १६७ कित्ता सेयर होल्ड गरेको छ । कम्पनीले नेपाल टेलिकमको तीन करोड सात लाख ३९ हजार ८० रुपैयाँ बराबरको ४० हजार ३४० कित्ता सेयरमा लगानी गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ मा तीन करोड १४ लाख २० हजार ७६० रुपैयाँ बराबरको १५ लाख ६४ हजार इकाईमा लगानी छ ।
एनआईबिएल प्रगति फण्डले नेशनल लाईफ इन्स्योरेन्सको २२ हजार २९९ कित्ता सेयरमा सबैभन्दा बढी तीन करोड २२ लाख ४४ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको सामूहिक लगानी कोषको एक लाख १९ हजार ९०० इकाइमा १४ लाख ६७ हजार ५७६ रुपैयाँको लगानी छ ।