सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले विद्यमान चुक्तापूँजीको १२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशतका दरले नगद लाभांस प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले ९ करोड ६६ लाख बराबरको बोनस तथा ५० लाख ८७ हजार बराबरको नगद लाभांस वितरण गर्नेछ ।
कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ८० करोड ५५ लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ९० करोड नाघ्नेछ ।
एशियन लाइफले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार ९६६ कित्ता सेयर बिक्री खुला गरेको छ । हकप्रदलाई समेत बोनस समायोजन गर्दा अहिले प्रस्ताव गरेको बोनस ८ प्रतिशत कायम हुनेछ ।
बेनस र हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३० करोड ५० लाख रुपैंया पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।