उन्नति माइक्रोफाइनान्सको सेयर सूचीकृत,अर्को साता कारोबार खुल्ने

Feb 27, 2018 Merolagani

उन्नति माइक्रोफाइनान्स कम्पनी (UMBSL) को पाँच लाख ५० हजार कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले पुस २१ देखि २५ गतेसम्म जारी गरेको एक लाख ६५ हजार कित्ता आइपिओ सहितको सेयर सूचीकरण गरेको हो ।

सोमबार सूचीकृत भएको उन्नति माइक्रोफाइनान्सको सेयर कारोबार अर्को साताबाट कारोबार खुला हुनेछ ।

रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आइपिओ माघ २६ गते बाँडफाँड गरेको थियो ।

लघुवित्तले १० जिल्लामा २७ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ ।

चालू अार्थिक बर्षकाे दाेस्राे त्रैमासमा उन्नतिले एक कराेड १६ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।