ओमले ३९९ कर्मचारी मार्फत करिब २ लाख ३१ हजार ग्राहकलाई देशभर ५२ शाखा संख्या र ११ एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।
साथै केन्द्रीय निक्षेप प्रणालीले फागुन ११ गतेदेखि धितोपत्रमा आवेदन गर्दा अनिवार्य सि आस्वा प्रणाली लागू गरेपश्चात बैंकले ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको जनाएको छ ।
हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसँग साना तथा मझौला कर्जा अन्र्तगत २ लाख देखी ४० लाखसम्मको कर्जा लगानी गर्नको लागी सम्झौता गरी कर्जा लगानी शुरु गरिसेको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी गराए ।
हालै मात्र बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा सुरुवात गरेको बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ ।
१७.६९ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृती
ओम डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई वितरण प्रस्ताव गरेको १७.६९ प्रतिशत लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
बैंकले फाल्गुन २५ गते शुक्रबार, पोखरामा बार्षिक साधारण सभा आह्वान गरेको छ । प्रस्तावित बोनस साधारण सभाबाट पारित गरेपछि बितरण हुनेछ ।