तारागाँउ होटलले डाक्यो साधारण सभा, कति बाँड्दैछ लाभांश ?

Feb 27, 2018 Merolagani

तारागाउँ रिजेन्सी होटलले चैत १२ गते २१ औ बार्षिक साधारण सभा आह्वान गरेको छ । होटलले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा विहान ११ बजे सभा डाकेको हो । साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस २ गते सम्पन्न बैठकले गत आवमा कमाएको २८ करोड सात लाख ७२ हजार रुपैयाँ खुद नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत अर्थात  १४ करोड पाँच लाख ५५ हजार ७८६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । होटलले फागुन १८ गते देखि नै बुक क्लोज गर्ने जनाएको छ । यसआधारमा, फागुन १७ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश प्राप्त गर्नेछन् । 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।