सानिमा बैंकले एकै पटक बिस्तार गर्यो ७ वटा शाखा

Feb 27, 2018 Merolagani

सानिमा बैंकले एकै पटक मुलुकका ७ स्थानमा शाखा बिस्तार गरेको छ । बैंकले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार)मा गरी सात वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार उल्लेखित सबै शाखाबाट बैंकिङ्ग सेवा सुरु भएको छ । अमरगढी र टिकापुर शाखा कार्यालयको उद्घाटन बैंकका ब्राण्ड प्रवद्र्धक कलाकार हरीवंश आचार्य र संचालक भरत बहादुर थापाले गरेका छन् । त्यसै गरी तानसेन शाखाको उद्घाटन ब्राण्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ हरीवंश आचार्य तथा संचालक भरत बहादुर थापाले गरेका छन् । 

सेवाग्राहीको सहजताका लागि बैंकले थप शाखाहरु बिस्तार गर्दै जाने लक्ष्य बैंकले लिएको छ । नयाँ शाखा बिस्तारसँगै सानिमा बैंकको शाखा संख्या ५८, एक्सटेन्सन काउन्टर १ र ए.टि.एम. संख्या ६७ पुगेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।