प्राइम लाइफ र देव विकास बैंकले बिक्री गर्न लागेको हकप्रद खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन १६ गते बुधबारसम्म सेयर खरिद गरिसक्नु पर्नेछ । यसअघि कायम रहेका सेयरधनीले भने हकप्रद सेयरमा आवेदन गर्न पाउने छन् ।
प्राइम लाइफको १६० प्रतिशत हकप्रद
प्राइम लाइफले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले फागुन २७ गतेदेखि हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
प्राइमको हकप्रदमा फागुन २७ गतेदेखि बैशाख २ गते सम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ । इन्स्यारेन्सले हाल कायम पूँजीको ३२.५ प्रतिशत र १६० हकप्रदले समेत पाउने गरि समायोजित बोनसदर १२.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरिसकेको छ । हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।
देव: विकास बैंकको ४० प्रतिशत हकप्रद
देवस् विकास बैंकले ४० प्रतिशत हकप्रद जारी गर्न फागुन १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।
बैंकले एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको गत असार २९ गते सम्पन्न विशेष साधारण सभाले १० बराबर चार अनुपातमा ६५ लाख ३३ हजार १०८ कित्ता हकप्रद सेयर विक्री गर्न लागेको छ ।
देवस् ले साझा विकास बैंक र युनियन फाइनान्स एक्वायरपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।
एनआईबिएल क्यपिटल मार्केटले बैंकको हकप्रद विक्री गर्नेछ । हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाघ्नेछ ।