सेयर लगानीकर्तामा पनि तरलताको समस्या,बिक्नै छाड्यो हकप्रद

Feb 28, 2018 merolagani

सिभिलको ४० लाख कित्ता सेयर लिलामीमा

गएको केही महिना यता बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा योग्य रकम अभाव भएर थप नयाँ कर्जा विस्तार गर्न नसकेको अवस्थामा छन् । त्यस्तै अवस्था अहिले सेयर लगानीकर्तामा समेत देखिएको छ । जसले गर्दा पछिल्लो समयमा धेरै कम्पनीहरुका हकप्रद सेयर बिक्नै छाडेका छन् ।

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने क्रममा अधिकांश बैंक तथा वित्तीय संस्थाले हकप्रदको बाटो रोजेपछि सेयर लगानीकर्ताहरु अहिले दोहोरो मारमा परेका छन् । उनीहरुसँग विगतमा खरिद गरेको सेयरको हकप्रद भर्ने रकम अभाव छ भने अर्कोतर्फ हकप्रदको रकम जोहो गर्न घटेको सेयरबजारमा घाटा सहेर समेत सेयर बिक्री गर्नुपर्ने बाध्यता छ ।

नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने क्रममा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले हकप्रदको बाटो अपनाउँदा अहिले त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।समग्र वित्तीय क्षेत्रमा देखिएको तरलताको असहजता, घट्दो सेयरबजारका कारण पनि कम्पनीहरुको हकप्रद बिक्री हुन सकेको छैन् ।जसले गर्दा बैंकहरुको हकप्रद बिक्न नसक्दा उनीहरुलाई म्याद थप्नकै सास्ती छ ।

हकप्रदमा बिक्री नभएको सेयर लीलामीमा निकाल्ने प्रक्रिया बढ्दो छ । यस्तो अवस्थामा लिलामी बजारमा कसले सेयर किन्ला भन्ने चिन्ता पनि कम्पनीहरुमा देखिएको छ ।

सिभिलको ४० लाख कित्ता सेयर लिलामीमा

यसै क्रममा सिभिल बैंकले निष्कासन गरेको ४० प्रतिशत हकप्रदमा नबिकेको ४२ लाख ३८ हजार ९५८ कित्ता सेयर लिलाममा निकालेको छ । बैंकले ९ लाख ९४ हजार पाँच सय ३८ कित्ता साधारण र ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयर फागुन १६ देखि चैत्र १ गतेसम्म लिलाम बढाबढमा राखेको छ ।

सिभिलको अहिले दोस्रो बजारमा साधारण सेयर मूल्य प्रतिकित्ता १७१ रुपैयाँको हाराहारीमा छ । निरन्तर दोस्रो बजारमा पनि सेयरमूल्य घटिरहेका बेला कम्पनीको हकप्रदमा लगानीकर्ता आकर्षण घट्दै गएको छ ।

सिभिलको लिलामीको सेय खरिद गर्न इच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखा कार्यालयहरु बीरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखामार्फत आबेदन दिन पाइनेछ ।

हकप्रद बिकाउन समयै थप्दै

यता ठूलो मात्रामा हकप्रद सेयर निष्कासन गरेका केही कम्पनीहरुले तोकिएको समय भित्रै हकप्रद सेयर बिक्री नभएपछि म्याद थप्न थालेका छन् । पछिल्लो चरणमा हकप्रद बिक्री गरिरहेका प्रभु बैंक, लुम्बिनी बिकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकले हकप्रद भर्ने समय थपेका छन् ।

प्रभु बैंकले ४० प्रतिशत हकप्रद भर्ने म्याद फागुन १३ देखि १० दिन थपेर फागुन २३ सम्म पुर््याएको छ । त्यस्तै लुम्बिनी बिकास बैंकले १० प्रतिशत हकप्रद भर्ने म्याद फागुन १६ गतेदेखि सात दिन थपेर २३ पुर्याएको छ । त्यसैगरी कर्णाली डेभ्लपमेन्ट बैंकले पनि २२५ प्रतिशत हकप्रद भर्न फागुन १६ गतेसम्मको अन्तिम म्याद बढाएर चैत्र १ गतेसम्म कायम गरेको छ ।

आधादर्जन कम्पनीको हकप्रद बजारमै

अहिले सिद्धार्थ बैंकको दश प्रतिशत, ग्रिन डेभ्लपमेन्ट बैंकको ४०० प्रतिशत, कामना सेवा बिकास बैंकको १५ प्रतिशत, श्री ईन्भेष्टमेन्ट फाईनान्सको ८३ प्रतिशत हकप्रद सेयरको बिक्री खुला भइरहेको छ । त्यस्तै नेको इन्स्योरेन्सको ५० प्रतिशत र एशियन लाईफ ईन्स्योरेन्सको ५० प्रतिशत हकप्रद सेयर पनि बिक्रीमा छन् ।

तत्काल आधा दर्जन कम्पनीको आउँदै

त्यस्तै थुप्रै कम्पनीहरु तत्काल हकप्रद सेयर बिक्री गर्ने तयारीमा बसेका छन् । कतिपय कम्पनीहरुले धितोपत्र बोर्डबाट अनुमति लिएर निष्सकासनको मिति समेत तय गरिसकेका छन भने कतिपय कम्पनी धितोपत्र बोर्डको पर्खाइमा रहेका छन् ।

फस्र्ट माइक्रो फाइनान्सको ५० प्रतिशत फागुन १८ गतेदेखि, प्राइम लाइफले १६० प्रतिशत फागु २७ गतेदेखि, सूर्योदय लघुवित्तको ७० प्रतिशत फागुन २४ देखि सेयर निष्कासन गर्ने मिति नै तय गरिसकेको छन् । त्यस्तै देव विकास बैंकको ४० प्रतिशत, मञ्जुश्री फाइनान्सको पाँच प्रतिशत सेयर धितोपत्र बोर्डबाट स्वीकृत भइसकेको छ ।

पाइप लाइनमा दर्जनौ कम्पनी

धितोपत्र बोर्डमा आवेदन गरेर स्वीकृतिको पर्खाइमा डेढ दर्जन कम्पनी रहेका छन् । सूर्या लाइफ इस्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनीले बोर्डमा आवेदन गरेका छन् ।

त्यस्तै एनसीसी बैंक, कुमारी बैंक, सहारा विकास बैंक, सिनर्र्जी फाइनान्स, जेबिल्स फाइनान्स र प्रोगेशिभ फाइनान्स पनि हकप्रद निष्कासनको माग गर्दे धितोपत्र बोर्डमा पुगिसकेका छन् । वोेमी र नागवेली लघुवित्त पनि धितोपत्र बोर्डको पाइपलाइनमा हकप्रद बिक्री गर्ने तयारीमा बसेका छन् ।

श्री राम सुगर मिल र अपि हाइड्रो पनि बोर्डको स्वीकृति कुरेर बसेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।