निर्धन उत्थानकाे नगद लाभांश वितरण

Feb 28, 2018 Merolagani

निर्धन उत्थान लघुवित्त (NUBL) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १४.०४ नगद लाभांश सेयरधनीको बैंक खातामा नै पठाएको जनाएको छ । कम्पनीले पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरूको लाभांश रकम जम्मा गरेको जनाएको छ ।

पुस १३ गते पछाडि बैंक खाता अद्यावधिक गर्ने सेयरधनीलाई  भने क्रमश: उनिहरुकै बैंक खातामा लाभांश गरिने कम्पनीले जनाएको छ ।

हालसम्म पनि सेयर डिम्याट नगरेका तथा हितग्राही खातमा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीहरुले भने लाभांश पाउन सेयर डिम्याट गराएर बैंक खाता अद्यावधिक गर्नुपर्ने कम्पनीको भनाइ छ । 

सेयर धितोमा राखेर कर्जा लिएका सेयरधनीको हकमा भने सम्बन्धित बैंकबाट लाभांश लैजान पाउने अनुमतिपत्र बुझाएपछि मात्र लभांश जम्मा हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले विगतका बर्षहरुमा लाभांश संकलन गर्न बाँकी सेयरधनीले समेत सेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल लाजिम्पाटबाट संकलन गर्न सक्ने जनाएको छ ।

लघुवित्तको गत पुस २९ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले ६६.६७ प्रतिशत बोनस सेयर तथा १४.०४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।