पर्वतको जलजलासहित दमौली, वालिङ, पोखरा, लेकसाइट गरी प्रदेश नम्बर ४ मा नेपाल इन्भेष्टमेण्ट बैंकको ५ वटा शाखा पुगेको छ । त्यस्तै बैतडीको सतबाजसहित दिपायल, मंगलशेन धनगढी गरी प्रदेश नम्बर ७ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ४ वटा शाखा पुगेको छ । यसैगरी भोजपुरको तिवारी भन्ज्याङसहित विर्तामोड, उर्लाबारी, विराटनगर, इटहरी, गाईघाट, खादबारी र लुक्ला गरी अब प्रदेश नम्बर १ मा नेपाल इन्भेष्टमेण्ट बैंकको ८ वटा शाखा पुगेको छ ।
ग्रामीण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तार गरेको बैंकले जनाएको छ । १० अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकको निक्षेप एक खर्ब ३० अर्ब तथा कूल कर्जा लगानी एक खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले दि बैंकर फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक "बैंक अफ दि इयर" उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट A वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हाँसिल गर्दै आइरहेको छ ।