बुटवल पावरको नबिकेको एफपीओमा कुन कुन कम्पनीको फस्यो करोडौं रुपैंया ?

Feb 28, 2018 Merolagani

बुटवल पावर कम्पनीले निष्काशन गरेर बिक्री नभएको झण्डै २८ प्रतिशत सेयर प्रत्याभुतकर्ताहरुले किन्नु पर्ने भएको छ । यस अघिका सार्वजनिक निष्काशनमा लगानीकर्ताको अधिक चाप पर्ने भए पनि महंगो मूल्यमा लगानीकर्ताको ढाड सेक्ने गरी सेयर निष्काशन भए पछि ढिलोमा आवेदन गर्ने मितिसम्ममा पनि कम्पनीको सेयर बिक्री नभएको हो ।

एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको सेयरमा कुल १ अर्ब ४६ करोड ३० लाख रुपैंया बराबरको मात्र आवेदन परेको छ । ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन भएकोमा २९ लाख २० हजार कित्ता सेयर मात्र बिक्री भएको हो । बिक्री हुन नसकेको ११ लाख ६१ हजार कित्ता बराबरको सेयर प्रत्यभुतकर्ता कम्पनीहरुले किन्नु पर्नेछ ।

कम्पनीले १ सय रुपैंया अंकित मूल्यमा ४०१ रुपैंया प्रिमियम थप गरी ५०१ रुपैंया प्रतिकित्ताको दरमा सेयर निष्काशन गरेको थियो । उक्त सेयर निष्काशनका दौरान ठुलो आर्थिक चलखेल भएको भन्ने लगानीकर्ताको गुनासो सेयर बिक्री नभएबाट पनि पुष्टि भएको छ ।

कुन कम्पनीले कति किन्नु पर्छ सेयर ?

निष्काशन भएको कुल ४० लाख ८१ हजार कित्ता सेयरमा एनएमबी क्यापिटलले सबैभन्दा धेरै अर्थात ३४.२३ प्रतिशत सेयर प्रत्याभुत गरेको थियो । यस आधारमा नबिकेको सेयरमध्ये एनएमबी क्यापिटलले झण्डै ४ लाख कित्ता सेयर किन्नु पर्ने हुन्छ । यसमा क्यापिटलले २० करोड १ लाख ४१ ह्जार रुपैंयाभन्दा बढी रकम लगानी गर्नु पर्ने हुन्छ ।

२९.३४ प्रतिशत सेयर प्रत्याभुत गरेको एनआईबिएल क्यापिटलले झण्डै १७ करोड १५ लाख ५० हजार रुपैंया बराबरको ३ लाख ४२ हजार ४५० कित्ताको हाराहारीमा सेयर किन्नु पर्ने भएको हो ।
त्यसै गरी लक्ष्मी क्यापिटलले ६ करोड ९९ लाख ३२ हजार रुपैंया बराबरको झण्डै १ लाख ३९ हजार ५८५ कित्ता सेयरमा लगानी गर्नु पर्ने हुन्छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिंगले ४ करोड २८ लाख ७ हजार ५ सय रुपैंया बराबरको झण्डै ५ हजार ६ सय कित्ता सेयर किन्नु पर्ने हुन्छ । ग्लोबल आईएमई क्यापिटलको भागमा पनि ३ करोड ४३ लाख १० हजार रुपैंया बराबरको झण्डै ६८ हजार ४८५ कित्ता सेयर परेको छ ।

...[दुर्इ वर्षपछि यस कारण घट्दैछ बुटवल पावरको कमाई]...

सामुहिक लगानी कोषका तर्फबाट नबिल इक्वीटी फण्डको भागमा २ करोड ६८ लाख ४ हजार ५ सय रुपैंया बराबरको झण्डै ५३ हजार ५ सय कित्ता सेयर परेको छ । ग्लोबल आईएमई समुन्नत योजनाले पनि २ करोड २८ लाख ७३ हजार रुपैंया बराबरको झण्डै ४५ हजार ६५५ कित्ता सेयर किन्नु पर्ने भएको हो ।
सबैभन्दा थोरै प्रत्याभुत गरेको नबिल व्यालेन्स फण्डले पनि १ करोड ६० लाख ८३ हजार रुपैंया बराबरको झण्डै ३२ हजार १ सय कित्ता सेयर किन्नु पर्ने भएको हो ।

बीपीसीको एफपीओको वास्तविकता नबुझेका साना अनि सोझा लगानीकर्ताले पहिले चरणमा गरेको आवेदन नै झण्डै निर्णयक आवेदन बन्न पुगेको थियो । पहिलो चरणमा व्यक्तिगत लगानीकर्ताले सेयर नकिने पछि संस्थागत लगानीकर्तालाई पनि आवेदन गर्ने बाटो खोलिएको थियो । तर संस्थागत र ठुला लगानीकर्ताले एफपीओको वास्तविकतालाई नजिकबाट नियालेका कारण सेयरमा आवेदन गरेनन् । अन्तत बिक्री नभएको सबै सेयर प्रत्याभुतकर्ताको थाप्लोमा परेको हो ।

...[बुटवल पावरको एफपीओ धोकाधडीपूर्ण, यसरी फस्दैछन् लगानीकर्ता]...

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।