सिटिजन्स बैंकले त्रिवेणी सामुदायिक पुस्तकालयलाई गर्यो आर्थिक सहयोग

Feb 28, 2018 Merolagani

सिटिजन्स बैंकले भीमढुंगामा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार रुपैंया आर्थिक सहयोग उपलब्ध गराएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले उक्त रकम पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

बैंकले हरेक वर्ष आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको जनाएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।