सी आस्वाबाट हकप्रदमा आवेदन गर्न पाइन्छ कि पाइदैन ? भ्रममा हुनुहुन्छ भने प्रष्ट हुनुहोस्

Mar 02, 2018 Merolagani

प्राथमिक निष्काशनमा मात्र सी आस्वा अनिवार्य गरिएको वा हकप्रद भर्न पाइदैन भन्ने सुन्नु भएको छ र सी आस्वाको बारेमा जानकारी लिनु भएको छैन भने आजै सीआस्वामा सहभागि हुनुहोस् । अनि घरमा बसेर हकप्रद र आईपीओ भर्ने चाहना छ भने केन्द्रिय निक्षेप प्रणालीको मेरोसेयर प्रयोग गर्नुहोस् ।

फस्र्ट माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन सुरु गरेको छ । माइक्रोफाइनान्सले शुक्रबारदेखि १ सय रुपैंया अंकित मूल्यमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रदको बिक्री सुरु गरेको हो ।

माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । क्यापिटलको कार्यालयका साथै माइक्रोफाइनान्सको सानो गौचरनस्थित कार्यालय, शाखाहरु एर्लाबारी र भरतपुरबाट पनि सेयर आवेदन गर्न सकिने छ । उल्लेखित आवेदन केन्द्रमबाट आवेदन गर्दा धेरै प्रकृया पुरा गर्नु पर्ने तथा भिडमा लाइन लाग्नु पर्ने हुन सक्छ ।

सीआस्वाबाट गर्नुहोस् आवेदन

फागुन ११ बाट पूर्ण कार्यान्वायनमा आएको सीआस्वाबाट हकप्रद सेयरमा पनि आवेदन गर्न सकिन्छ । एक पटक सीआरएन नम्बर लिए पछि डिम्याट खाता खोलेको निक्षेप सदस्यकोमा गई मेरो सेयरको लग इन आईडी पासवर्ड लिएर अनलाइनबाट आवेदन गर्न सकिन्छ । यसरी आवेदन गर्दा निष्काशन भैरहेका सबै सेयरको सूची एकै स्थानमा देखिने र क्लिक गरेको भरमा सेयर आवेदन हुने भएकाले सजिलो हुन्छ । अहिले निष्काशन भैरहेका हकप्रदको सूची यस्तो छ । अनलाइनमा सबैले यही विबरण देख्ने हो । दाँया तर्फ क्लिक गरेर आवश्यक विबरण भरे पछि सेयर आवेदन हुन्छ । आईपीओमा पनि प्रकृया यस्तै हो ।

फस्र्ट माइक्रोफाइनान्सको हकप्रदमा चैत २३ गतेसम्ममा आवेदन गरिसक्नु पर्ने हुन्छ । गत माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र माइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको हकप्रद पश्चात चुक्ता पूँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैंयाको हाराहारी पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।