साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २८.७४ अंकले घटेर अन्तिम दिन १३४५.९९ अंकमा पुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८ हजार ७५ कारोबारबाट १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५.०४ प्रतिशतले बढी हो । गत साता १७६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १८ हजार ६०४ कारोबारबाट १ अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८ हजार सात सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.२० अंकले
घटेर २८५.३८ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा २२ करोड ६२ लाख २० हजार रुपैयाँको कारोबार भएर नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा ८ लाख १२ हजार कित्ता सेयर किनबेच हुँदा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । प्रभुको अधिक सेयर कारोबारभन्दा म्याचिंग धेरै भएको छ । त्यसैगरी कारोबार संख्याका आधारमा १ हजार ८२६ वटा कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यो साता साधारण सेयर निष्काशन गरेको उन्नती माइक्रोफाइनान्सको ५ लाख ५० हजार कित्ता सेयर कारोबारका लागि नेप्सेमा सूचीकरण भएका छन् ।