श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत माघ १५ गतेदेखि १०ः८.३ अनुपातमा २८ लाख ६७ हजार २२५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको हकप्रदमा पुस २९ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
फाइनान्सको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले बिक्री प्रबन्धकको कार्यालय, इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय तथा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सेयर आवेदन गर्न सक्नेछन् ।
३४ करोड ५४ लाख ४८ हजार चुक्ता पुँजी फाइनान्सको हकप्रद बिक्रीपछि चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार पुग्नेछ ।
कमना सेवाले समय थप्यो
यता कामना सेवा विकास बैंकले निष्कासन गरेको १५ प्रतिशत हकप्रदमा आवेदन गर्ने म्याद भने बढाएको छ । बैंकको हकप्रदमा चैत्र ५ गतेसम्म आवेदन गर्न पाइनेछ । बैंकले माघ १५ गतेदेखि १०ः१.५ अनुपातमा ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।
बैंकको हकप्रदमा माघ २ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । जसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बिक्री प्रबन्धको कार्यालय, कामना सेवाको सम्पूर्ण शाखा कार्यालय तथा एनएमबि बैंकका शाखा कार्यालय मार्फत हकप्रदमा आवेदन दिन सकिनेछ ।