सयपत्री हाइड्रोले ९ करोडको आईपिओ जारी गर्ने

Mar 04, 2018 Merolagani

सयपत्री हाइड्रोपावरले ९ करोड बराबरको ९ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको पहिलो साधारणसभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

शेयर निष्कासन सम्बन्धी सम्झौतामा सयपत्री हाइड्रोपावरका अध्यक्ष डा.बद्री के.सी र एनआइबिएल एस क्यासपिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे । 

कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्कासन गर्नेछ । त्यस पश्चात कम्पनीले २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसधारणलाई निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।