सिद्धार्थ बैंकको बोनसदर घटाएर किन गरियो सेयरमूल्य समायोजन?

Mar 04, 2018 merolagani

फरवार्ड लघुवित्तको पनि समायोजन
नेपाल स्टक एक्सचेञ्च नेप्सेले आइतबार सिद्धार्थ बैंक र फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सिद्धार्थ बैंकको १२.७२ प्रतिशत बोनस तथा फरवार्डको ६५ प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले सिद्धार्थ बैंकको समायोजित मूल्य ३१२ रुपैयाँ तोकेको छ । बैंकले १४ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । तर नेप्सेको वेभसाइटमा प्रकाशित सूचनामा भने १२.७२ प्रतिशत मात्र बोनस सेयर समायोजन गरिएको छ । जसको आधारमूल्य भने प्रतिकित्ता ४०२ रुपैयाँ छ ।

सिद्धार्थ बैंकले हाल फागुन २ गतेदेखि दश प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको छ । जसको यसअघि नै सेयरमूल्य समायोजन भईसकेको छ । दश प्रतिशत हकप्रद सेयर समेत नेप्सेमा समायोजन भईसकेकाले बोनस समायोजन गर्दा बोनसदर घट्न गएको नेप्सेले जनाएको छ । बैंकले १४ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।

बैंकको चैत ४ गते हुने १६ औं बार्षिक साधारण सभाले प्रस्तावित बोनस पारित गर्नेछ । ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपछि सात अर्ब ७८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैकले १० प्रतिशत हकप्रद विक्री गरिरहेको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेअनुसार आठ अर्ब ४६ करोड रुपैयाँ नाघ्नेछ ।

फरवार्डको ५० प्रतिशत बोनस समायोजन

त्यस्तै नेप्सेले फरवार्डले प्रस्ताव गरेको ५० प्रतिशत बोनसपछिको सेयरमूल्य पनि समायोजन गरेको छ । जस अनुसार फरवार्डको प्रतिकित्ता सेयरमूल्य २०५३ कायम भएको छ । जसको आधारमूल्य भने १०७६ रुपैयाँ छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले पनि चैत ४ गते पाँचौं बार्षिक साधारणसभा डाकेको छ । सभाले चुक्ता पूँजी २० करोडको ५० प्रतिशत (दश करोड रुपैयाँ) बोनस सेयर तथा १५ प्रतिशत नगद (तीन करोड रुपैयाँ) लाभांश गरि कूल ६५ प्रतिशत लाभांश पारित गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।