प्राइम लाइफ इन्स्योरेन्सले बोनस वितरण गर्न कहिले तोक्यो बुकक्लोज ?

Mar 04, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले बोनस वितरण गर्न सेयरधनी किताब बन्द (बुकक्लोज) मिति तोकेको छ । इन्स्योरेन्सले गत आर्थिक बर्षकाे नाफाबाट १६० प्रतिशत हकप्रदले समेत पाउने गरि प्रस्ताव गरेको १२.५ प्रतिशत बोनस वितरण गर्न फागुन ३० गते बुकक्लोज गर्ने जनाएको छ । यसअनुसार २९ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

प्राइमले चैत १४ गते बुधबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ।

सभाले हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँको १२.५ प्रतिशतले हुने १९ लाख ८३ हजार १५० कित्ता सेयर वितरण गर्ने प्रस्ताव पारित गर्देछ ।

त्यस्तै जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने, नाफा नोक्सान हिसाब पारित गर्ने , लेखापरिक्षक नियुक्ति,र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।