चालिस प्रतिशत हकप्रदपछि देव:को सेयरमूल्य समायोजन

Mar 04, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईतबार देव: विकास बैंक (DBBL) को ४० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको छ । बैंकले जारी गर्न लागेको ४० प्रतिशत हकप्रदपछि बैंकको सेयरमूल्य प्रतिकित्ता १४९ रुपैयाँ कायम भएको छ । 

बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य १७४ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ ।

देव: विकास बैंकले ४० प्रतिशत हकप्रद जारी गर्न फागुन १७ गते बुकक्लोज गरेपनि अाइतबारदेखि काराेबार खुला भएकाले अाइतबार मात्र मूल्य समायाेजन भएकाे हाे । देव: ले साझा विकास बैंक र युनियन फाइनान्स एक्वायरपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

बैंकले एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको गत असार २९ गते सम्पन्न विशेष साधारण सभाले १० बराबर चार अनुपातमा ६५ लाख ३३ हजार १०८ कित्ता हकप्रद सेयर विक्री गर्न लागेको छ ।

एनआईबिएल क्यपिटल मार्केटले बैंकको हकप्रद विक्री गर्नेछ । हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाघ्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।