१ अर्बको सिटिजन्स म्युचुअल फण्डको आकार किन ८२ करोडमा खुम्चियो ? फण्डका इकाई नपाउने ३५ जना चिन्नुहोस्

Mar 04, 2018 Merolagani

सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटलले सञ्चालन गरेको सिटिजन्स म्युचुअल फण्डको आकार ८२ करोड रुपैंयामा खुम्चिएको छ । आइतबार फण्डका इकाईहरु बाँडफाड गरिएको छ । १ अर्बको फण्डमा ६७ करोड रुपैंयाको मात्र आवेदन परे पछि फण्डको आकार घटेको हो ।

पहिलो पटक फण्डका इकाई निष्काशन हुँदा अपेक्षित आवेदन नपरे पछि समय थप गरिए पनि १ अर्ब रुपैंयाको आवेदन नपरेको हो । बजारमा लगानीयोग्य रकमको हाहाकार भैरहेको अवस्थामा फण्डका इकाई निष्काशन भएकाले सबै इकाईहरु बिक्री नभएको हो ।

क्यापिटलले बिक्रीमा ल्याएको १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनले सुरक्षित गरिसकेको छ । सर्वसाधारण लगानीकर्ताबाट उठेको ६७ करोड सहित फण्डको आकार ८२ करोड रुपैंयामा खुम्चिएको हो ।

आइतबार भएको बाँडफाँड अनुसार फण्डको इकाईमा आवेदन दिएकाहरु मध्ये ३५ वटा आवेदन रद्ध भएका छन् । दोहारो आवेदन परेका कारण ३४ वटा आवेदन रद्ध भएका छन् भने एउटा आवेदन १०० इकाईभन्दा थोरै मागका कारण रद्ध भएको छ । बाँकी १७ हजार २ सय ७७ आवेदकलाई रीतपुर्वक फण्डका इकाईहरु बाँडफाँड गरिएको छ ।

फण्डका इकाइका आवेदकहरुमध्ये तपाई रद्ध हुनेको सूचीमा पर्नु भयो कि ? आवेदन रद्ध भएका ३५ आवेदकको सूची यहाँ हेर्नुहोस्

सात बर्षे अवधिको उक्त म्युचुअल फण्डले औसतमा साढे २२ प्रतिशतका दरले वार्षिक प्रतिफल दिने लक्ष्य लिएको छ ।
यो सीबीआईएल क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । ईकाई बिक्रीबाट संकलन भएको अधिकांश रकम सेयर बजारमै लगानी गर्ने योजना फण्डको छ ।

सि.बि.आई.एल. क्यापिटल सिटिजन्स् बैंकको सहायक कम्पनी हो । क्यापिटलले शेयर निष्काशन तथा विक्री प्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श ललगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।