स्थानीयको माग अनुसार कारोवार गर्ने स्थान सानो भएकाले आवश्यकता पूर्तिका लागि बैंकले भवन निर्माण गरी शाखा सारेको जनाएको छ । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।
संघीय संरचनाका आधारमा प्रदेश नम्बर १ मा बैंकको ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३१ वटा, प्रदेश नम्वर ४ मा ५ वटा, प्रदेश नम्वर ५ मा ८ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा सञ्चालन गरिरहेको छ । बैंकले ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।