कुमारी बैंक र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता

Mar 04, 2018 Merolagani

कुमारी बैंक र र एभरेष्ट इन्स्योरेन्सले बैकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । बैंकबाट बीमा सेवा प्रदान गर्ने उद्धेश्यका साथ दुई संस्थाले यस्तो सम्झौता गरेका हुन् । 

कुमारी बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सेवा अन्र्तगत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा कुमारी बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइने विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।