इलाम बजारमा रहेको उपशाखालाई स्तरोन्नती गरी कम्पनीको २७ औं शाखाको रुपमा “इलाम शाखा कार्यालय” बनाइएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । त्यसै गरी बागलुङ्ग जिल्लाको बागलुङ्गमा अवस्थित उपशाखालाई स्तरोन्नती गरी २८ औं शाखाको रुपमा “बागलुङ्ग शाखा कार्यालय” संचालनमा ल्याएइको कम्पनीले जनाएको छ ।
योसँगै कम्पनीले २८ वटा शाखा र ६७ वटा उपशाखाहरु गरी ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाब्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने कम्पनीको लक्ष्य छ ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पत्ती सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा योजना, सरल सुरक्षा म्यादि जीवन बीमा योजना, जन कल्याण म्यादि जीवन बीमा योजना लगायत १७ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । भविष्यमा अन्य योजनाहरु ल्याउने कम्पनीको योजना छ ।