शेयर बजारमा अभिव्यक्ति आतंक

Mar 05, 2018 Merolagani

- मेरोलगानी टिप्पणी

केही महिनाअघि शेयरबजार ओरालो लाग्दा लगानीकर्ताहरु भन्ने गर्थे,"अब स्थिर सरकार मात्र आओस् न बजारमाथि आइहाल्छ" । बाम दलहरु एमाले र एकिकृत माओवादी केन्द्रले गठबन्धन बनाउँदा लगानीकर्ता केही हच्किए पनि स्थिर सरकार बन्ने निश्चित भएपछि उत्साहित नै थिए ।

झण्डै निराश बन्न लागेका लगानीकर्तालाई प्रधानमन्त्री बन्न लागेका समयमा केपी शर्मा ओलीले पूँजी बजारमा ठोस कदम चाल्ने भन्दै उत्प्रेरित गरेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डसहित उपस्थित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, बाम सरकार आएपछि सेयर बजार घट्ने कुनै कारण छैन, झन बढ्छ । उनले बजार घटाउन केही गिरोह सक्रिय रहेको सम्म सोही कार्यक्रममा अभिव्यक्ति दिए । 

नयाँ सरकार गठन हुने समयका बिचमा सरकार गठनपछि बजारममा सकरात्मक परिवर्तन सहित बजारमा सुधार आउनेमा आम लगानीकर्ता विश्वस्त जस्तै थिए । धेरैका कल्पना र अनुमानका बिच अर्थमन्त्री कोे बन्ला भन्ने कुराले बजार त्यति माथि जान सकिरहेको थिएन । यद्यपि वाम गठबन्धकका तर्फबाट सरकारको प्रधानमन्त्रीमा के पि शर्मा ओली नियुक्ति भएको दिन फागुन ३ गते विहीबार सेयर बजार परिसूचक नेप्सेमा चमत्कारीक परिवर्तन आएर ३६ अंकको वृद्धि हुन पुग्यो ।

तर, बजारमा आएको त्यो वृद्धि टिक्न सकेन र अर्को कारोबार दिनमा नै नेप्से ११ अंकले घट्न पुग्यो । त्यसपछिका दिनमा चर्चामा आएका इश्वर पोखरेल, युवराज खतिवडा, सुरेन्द्र पाण्डे, प्रदिप ज्ञवाली मध्ये अर्थमन्त्री को बन्ला भन्ने चर्चा परिचर्चाका बिच बजार माथि उक्लन सकेन । जब प्रधानमन्त्रीले अर्थमन्त्रमिा अर्थशास्त्रका ज्ञाता तथा पूर्व गर्भनर तथा दुई पटक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेर कार्यानुभव समेटेका डा. युवराज खतिवडालाई फागुन १४ गते सोमबार अर्थमन्त्रीमा नियुक्त गरे पाँच सदस्यीय मन्त्रीमण्डल विस्तार गरे, त्यसै दिन नै बजार १५.७८ अंकले आरालो बाटो समात्यो । ओली प्रधानमन्त्री नियुक्ति भएको दिनभन्दा पछाडि र अर्थमन्त्री नियुक्त भएको दिनभन्दा आगडि नै नेप्से परिसूचक ५० अंकले तल आईसकेको थियो ।

अर्थतन्त्रका ज्ञाता मानिएका खतिवडा अर्थमन्त्री नियुक्त भएको दिन नै बजार १५ अंकले घट्न पुग्यो । त्यसयता फागुन १५ गते पाँच अंकले बढेको अपवाद बाहेक खतिवडा अर्थमन्त्री नियुक्त भएपश्चात बजार परिसूचक निरन्तर घट्दा आईतबारसम्म ७६.१६ अंकसहित बजार अंकले तल झरिसकेको छ । यो परिसूचक ०७३ माघ १७ गते कम र २ बर्ष अघिको फागुन २० गतेको भन्दा ४ अंक मात्र बढी हो ।

अभिव्यक्ति  नै बजार घट्ने प्रमुख अाैजार 

नेपालको सेयर बजार कम्पनीको विवरण र तथ्याङ्कमा भन्दा बढी अफवाहमा बढी चल्ने गरेको पाइएको छ । अझ जिम्वेवार पदमा आसिन व्यक्तिले दिने अभिव्यक्तिको प्रमुख सिकार सेयर बजार बन्दै आएको छ । यसैको पछिल्लो स्वरुप हो अर्थमन्त्री खतिवडाले गत बुधबार दिएको अन्तवार्ता । 

अर्थमन्त्री भएर आएपछि दिएको अभिव्यक्तिले बजार घटेको यो पहिलो पटक भने होइन । यसअघि २०६५ भदौमा डा. बावुराम भट्टराई अर्थमन्त्री रहँदा सेयर वजारलाई जुवाको घरसँग तुलना गरेर अभिव्यक्ति दिएपछि सो समयमा १०७५.८६ रहेको नेप्से परिसूचक २९२ बन्दुमा झरेको थियो ।

यही घटना भोगेका,देखेका लगानीकर्ताले त्यसपछि कम्युनिष्ट सरकार आए सेयरबजार ध्वस्त हुँछ भन्ने मान्यता राख्ने गरेका छन् भने प्रजातान्त्रीक सरकार रहेको बेला लगानीकर्ताको मनोबल बलियो बन्ने गरेको देखिएको छ ।
खतिवडा नेपाल राष्ट्र बैंकको गर्भनर रहँदा नै घरजग्गा व्यवसायमा लिएको कठोर नीतिका कारण बाम सरकारसँग लगानीकर्ता आशावादी रहेका पूँजी बजारका ठूला लगानीकर्ता झस्किए । उनी मन्त्री भएको दिन फागुन १४ गते सोमबार बजार १५ अंकले घट्नुको सन्देश त्यही थियो । तर, जव बिबिसीमा बुधबार अन्तरवार्ता दिए, त्यसकै फलस्वरुप आइतवार ह्वात्तै घट्न पुग्यो ।

के भनेका थिए अर्थमन्त्रीले बिबिसीसँगको अन्तवार्तामा ?

बिबिसीसँगको अन्तवार्तामा खतिवडाले आफु चुनौतीको सामना गर्ने आँट अठोट,र दृटिकोण रहेका कारण नै अर्थमन्त्रीको जिम्वेवारी पाएको बताउँदै अनुत्पादक क्षेत्रमा लगानी घटाउने बताएका थिए । उनले पूँजी वृद्धिको परिणाम स्वरुप अत्याधिक कर्जा विस्तारले गर्दा वित्तीय संकट निम्त्तिएको बताउँदै विवेकपूर्ण निर्णय गरेर बैकहरुलाई दबाबमा नपारेको भए अहिलेको स्थिति नआउने बताएका थिए ।

उनले आन्तरिक पूँजी बढी परिचालन गरेर र रेमिट्यान्स बढी ल्याएर मात्र नपुग्ने भन्दै अन्तर्राष्ट्रिय बजारबाट पनि पूँजी विस्तारै प्रवेश गराएर तरलता समस्या समाधान गर्न सक्छौं बताएका थिए । यसरी जति पूँजी परिचालन गरिन्छ त्यो फेरी घरजग्गा, शेयर मार्केट, अटोमोबाइलमा र उपभोगमा लगानी गर्यौ भने त्यसको केही पनि अर्थ नरहँने बताएका थिए ।

यसै त बजारमा तरलता संकटका कारण बैंकहरुमा कर्जायोग्य लगानी रकमको अभावले अत्याधिक व्याजदर, बजारमा अत्याधिक सेयर आपूर्तिलाई बजार घट्ने कारण ठान्ने लगानकिर्ता अर्थमन्त्रीको अभिव्यक्ति सुनेर लगानीकर्ताको मनोबिज्ञान बिग्रियो ।

कर्जाको आकार बढाएर उत्पादमूलक क्षेत्रमा लगानी बढाउनतिर लगेर अहिलेका समस्या समाधान गर्न सकिने उनको तर्क थियो । तर उनले घरजग्गा क्षेत्रमा कडाइ गर्ने कुरा अर्थ मन्त्रालयको कार्यक्षेत्रभित्र नपर्ने र राष्ट्र बैंकले हेर्ने भन्दै बताएका खतिवडाले कुनै क्षेत्र विशेषमा कडाड गर्नेभन्दा समग्र अर्थतन्त्रको सीमित स्रोत र साधन उत्पादनमूलक क्षेत्रमा लगाएर कसरी रोजगारी बढाउने, र समग्र अर्थतन्त्रको साधन स्रोतलाई उत्पादन क्षेत्रमा कसरी लगाउने भन्ने कुरा भएको बताएका थिए ।

समग्र अर्थतन्त्र र सबल पूँजी बजारका लागि नयाँ अर्थमन्त्री कुरेर बसेका लगानीकर्ता अर्थमन्त्रीको एउटा अभिव्यक्तिवाट त्रसिद बनेका देखिएका छन् । तर अब भोलीका दिनमा खतिवडाले पूँजी बजारमा लिने निर्णयले पूँजी बजार कुन बाटोमा कसरी अगाडि बढ्छ निर्कोल हुनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।